• Sunday, April 27, 2025

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

काठमाडौँ, फागुन ३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गर्नुभएको छ ।

सन् २०१३ देखि यहाँस्थित पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही रु. १० हजार वितरण गर्नुभएको हो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उहाँले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा त्यसको सराहना गर्नुभयो । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएका र तिनलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै छात्रवृत्तिको सङ्ख्या बढाउने जानकारी दिनुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter