• Thursday, May 15, 2025

स्कुलदेखि सिनेमा हल बन्द, २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने; एसइई परीक्षा स्थगित

काठमाडौं, ५ चैत । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो।

अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ।

त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ।

साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।

त्यस्तै फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब कसैलाई कोरोना देखिएमा मन्त्रालयले नै कुन अस्पतालमा उपचार गर्ने भनेर निर्णय गर्नेछ।

एसइई परीक्षा स्थगित

सरकारले चैत ६ गते अर्थात् बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ ।

कोरोना संक्रमणको त्रासका कारण परीक्षा सुरु हुने एक दिनअघि मात्र सरकारले यस्तो निर्णय लिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

सरकारले एसइईको तयारी सबै पूरा गरेको जनाउँदै आएको थियो । यस परीक्षामा झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने तयारीमा थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter