• Monday, April 28, 2025

थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन

नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । याेसँगै देशमा कोरोना संक्रमित हुनेको संख्या नाै पुगेको छ ।

काेराेना संक्रमण पुष्टि भएकामा भारतकाे मुम्बईबाट फर्केका २१ वर्षीय युवा, भारतकाे उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीय महिला भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

कैलाली घर भएकी महिलाकाे परिवारमा यसअघि एकजना पुरुषमा काेराेना संक्रमणा देखिएकाे थियाे ।

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न शिक्षामन्त्री पोखरेलको निर्देशन

अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter