• Saturday, April 26, 2025

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम

काठमाडौं, वैशाख ५ गते । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू हुनुहुन्छ । याे सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका १० भारतीय नागरिकमा कोरोना भाइरसको पोजिटिभ आएको भन्ने आधिकारिक पुष्टि हुन अगावै स्थानीय प्रशासनले त्यस क्षेत्रसहित मस्जिदलाई शुक्रबार साँझबाट नियन्त्रणमा लिएको थियाे

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा शुक्रबार यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयास, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्थापनलगायत उपचारको समग्र अवस्थाबारे समन्वय समिति र सीसीएमसीसँग जानकारी लिनुभएको थियो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले लकडाउनको कडाईका साथ पालना गर्न र गराउन निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.खतिवडाले भन्नुभयो, “जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्नुपर्छ । खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्छ ।” उहाँले समग्र परिस्थितिको मूल्याङ्कन गरेर आवश्यकताका आधारमा निर्णयमाथि पुर्नमूल्याङ्कन गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले लकडाउनका कारण दैनिकी चलाउन समस्याम परेका परिवारलाई खाद्यान्न व्यवस्था गर्नसमेत स्थानीय तह, प्रदेश सरकार र सांसदहरुसँग समन्वय गर्नसमेत उच्चस्तरीय समितिलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारले लकडाउन र रोग सङ्क्रमणको असग्र अवस्थाको मूल्याङ्कन, अनुगमन र व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको छ । राजधानीमा कोरोना सङ्क्रमण थप पाइएपछि काठमाडौँबाट बाहिर जानका लागि थप कडाई गर्ने निर्णय सरकारले गरेको थियो ।

शुक्रबार १४ जना सङ्क्रमितको संख्या थपिएपछि लकडाउनलाई अझ कडाई गर्नुपर्ने अवस्था आएको जनाइएको छ । लकडाउनको अवस्थामा पनि हिँडेरै घर जानेहरुको लर्को राजमार्गमा देखिन थालेपछि तिनको व्यवस्थापन गर्ने कि भन्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल समेत भएको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा काठमाडौँबाट पैदल यात्रा गर्दै घर फर्कनेहरुलाई स्थानीय र प्रदेश तहको समन्वयमा व्यवस्थापन गर्ने कि भन्ने विषयमा छलफल भएको जनाइएको छ । लकडाउन लम्बिदै जाँदा काठमाडौँ छाड्नेहरुको संख्या बढ्दै गएको छ । प्रधानमन्त्रीक प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, बैठकमा कोरोना भाइरस सङ्क्रमण विरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter