• Saturday, April 26, 2025

कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’

हेटौंडा, वैशाख ५ गते । वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो । कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्तिलगायत काममा समस्या उत्पन्न भइरहेको कारण त्यसलाई समाधान गर्न कल सेन्टर स्थापना गरी सहजीकरणको काम शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

अब कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, पराल आदिको ओसारपोसारमा अवरोध भए वा कुनैपनि प्रकारको समस्या परे कल सेन्टरमा फोन गरेर सहयोग लिन सकिने मन्त्रतालयका सचिव डाक्टर योगेन्द्र कार्कीले जानकारी दिनुभयो । लकडाउनमा कृषि उपजको आपूर्तिलाई नियमित गरिएन भने आगामी दिनमा झन ठूलो समस्या आउने भएकोले कल सेन्टर शुरु गरेर प्रदेशका १३ वटै जिल्लामा सहजीकरण प्रारम्भ गरिएको मन्त्रालयका पशु विकास अधिकृत डाक्टर आभाष कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कल सेन्टर सञ्चालन शुरु हुनासाथ थुप्रै फोनहरु आइरहेको र अधिकांशका ढुवानीसँग सम्बन्धित समस्या रहेको उहाँले बताउनुभयो । “हामी समस्या टिप्छौं र तत्काल समाधानको काम गर्छौँ”, उहाँले भन्नुभयो । कल सेन्टर लकडाउन अवधिभर बिहान ६ बजेदेखि साझ ६ बजेसम्म सञ्चालन गरिने उहाँले बताउनुभयो । आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter