• Saturday, April 26, 2025

थप एक जनामा कोरोना संक्रमण पुष्टि; सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित

काठमाडौँ , वैशाख ६ गते । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार भएक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएको छन् ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।

सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो व्यक्तिले पूर्ण रुपमा निको भएर डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वय्म आइसोलेसनमा बस्नु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

टेकु अस्पतालबाट निको हुनुभएकी उहाँले ‘पब्लिक साइडबाट सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित भएको छ ।’

उहाँले आफूले पाएको स्वास्थ्य सेवा अन्यत्रका विरामीलाई दिन सरकारसँग अनुरोध पनि गर्नुभयो ।

काठमाडाैं निवासी उहाँको लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उपचारको २७ दिन पछि डिस्चार्ज हुनुभएको हो

कतार एयरको विमानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आउनु भएका उहाँलाई सँगै यात्रा गरेका भियतनामी साथीलाई संक्रमण भएपछि उहाँको पनि स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइएको थियो ।

यसैबीच, नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले संक्रमित ३० मध्ये दुईजनाको पूर्ण रुपमा निको भएको र बाँकी २८ जनाको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार केही व्यक्तिहरुको दु्रतगतिको परीक्षण (आरडीटी)मा पोजेटिभ आएकाले पीसीआर परीक्षण भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter