• Sunday, April 27, 2025

लकडाउनमा पनि ठूला आयोजना सञ्चालन हुने

मेलम्ची, वैशाख ९ गते । सिन्धुपाल्चोकमा लकडाउनको समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सिन्धुपाल्चोकले लकडाउनका समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेपछि सन्धुपाल्चोकमा पनि ठूलालगायत अन्य विभिन्न आयोजना सञ्चालन गर्ने निर्णय भएको केन्द्रले जनाएको छ ।

योजनाहरु सञ्चालन गर्न कार्यविधि बनाउनका लागि जिल्ला समन्वय अधिकारी, निर्माण व्यवसायी सङ्घलगायतका प्रतिनिधिहरु सहभागी गराएर गठन गरिएको उपसमितिले बनाएको मापदण्डअनुसार योजनाहरु सञ्चालन हुने भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । निर्माण व्यवसायीबाट हुने योजना भने अर्थ मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार हुने पनि प्रजिअ ढकालले जानकारी दिनुभयो ।

लकडाउनभन्दा अघि उपभोक्ता समिति गठन भई वा निर्माण व्यवसायी छनोट भएर सम्झौता भएका योजनालाई मात्रै निर्माण कार्य गर्न दिने गरी कार्यविधि तयार भएको छ । निर्माणस्थल वरिपरि सोही ठाउँमा कामदारलाई पहिलो प्राथमिकता दिने गरी योजनाका काम अघि बढाइने छ । निर्माणस्थलमा कामदार नभए सम्बन्धित गाउँ वा नगरपालिकाका श्रमिकलाई निर्माण कार्यमा लगाउने गरी कार्यविधि तयार भएको निर्माण व्यवसायी सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले जानकारी दिनुभयो ।

निर्माण कार्य सञ्चालन गर्नुअघि सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले सम्बन्धित आयोजनामा काम गर्ने कामदारको व्यक्तिगत विवरण सम्बन्धित गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा अनिवार्य उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । निर्माण सामग्री ढुवानी गर्दा पहिलो प्राथमिकता स्थानीय तह र त्यहाँ उपलब्ध नभए सिन्धुपाल्चोकदेखि काभ्रे, भक्तपुर र काठमाडाँैबाट सामग्री ल्याउन सकिने र त्यसका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने व्यवस्था गरिएको छ ।

योजनास्थलमा काम गर्ने सबै कामदारको स्वास्थ्य परीक्षणलगायत आवश्यक स्वास्थ्य सामग्री उपभोक्ता समिति र सम्बन्धित ठेकेदारबाट प्रदान गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको जिल्ला समन्वय अधिकारी महेन्द्र भट्टराईले जानकारी दिनुभयो । निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनमा चालक र हेल्परबाहेक अरु कसैलाई राखेमा पास जफत गरिने कार्यविधिमा भनिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter