• Monday, April 28, 2025

बिहीबार दुईजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४७ पुग्यो; कोरोनाबाट निको हुनेको संख्या १०

काठमाडौं , बैशाख ११ गते। नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ४७ पुगेकाे छ । बिहीबार उदयपुरकी एक महिला र जनकपुरका एक किशाेरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरूमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

यस्तै, बिहीबार नै थप दुईजना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला उपचारपछि निको भएर घर फर्किएका हुन् । उनीहरु आमाछोरा हुन् । योसँगै निको भएर घर फर्किनेको संख्या नाै पुगेको छ ।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूमा १ वैशाखमा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आजै धनगढी लम्कीचुहाकी ६५ वर्षीय महिला पनि कोरोनाबाट निको भएकी छिन्।

वीरगन्जबाट कैलाली पुगेकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई पनि आजै धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डिस्जार्च गरेको हो। योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० पुगेको छ।

गत चैत ४ गते बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवतीको पनि पाँचौ परीक्षणको नतिजा नेगेटिभ आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter