• Monday, April 28, 2025

पर्यटन उकास्न सहकार्यको तयारी

काठमाडौँ, वैशाख २० गते । कोरोना भाइरसले निम्त्याएको महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरु गरेका छन् । दुई देशबीच सम्भावित सहकार्यका सन्दर्भमा शुक्रबार भएको अनलाइन छलफलले बजारीकरण र प्रवद्र्धनमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । यसका लागि दुवै देशले आफ्ना पर्यटन सम्बद्ध सङ्घ संस्थालाई सक्रिय बनाउने सहमतिसमेत भएको छ ।

छलफलमा नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल–भारत पर्यटन टास्क फोर्स बनाउन प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावमा भारतीय पक्षले अर्को छलफलबाट यसलाई टुङ्ग्याउन सकिने प्रतिक्रिया दिएको थियो । छलफलमा नेपालका तर्फबाट प्रमुख रेग्मीले पछिल्लो समय पर्यटकलाई आफ्नो देश फर्काउन गरिएको प्रयास, नेपाली पर्यटन उद्योगको क्षति विवरण र त्यसको सर्वेक्षणका लागि भइरहेको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको प्रयास, आवश्यक हाइजिन स्यानिटेसनको व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेसन र पहाडी भागमा नयाँ पर्यटकीय गन्तव्यको विकासका विषयमा बताउनुभएको थियो ।

भारतीय पक्षले महामारीपछि भारतीय पर्यटक भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने भएकाले नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेको थियो । यस्तो परिस्थितिमा पनि नेपालमा शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीले बताएका थिए ।

नेपाली आतिथ्यता र सत्कार नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्रता दिन पनि सहभागीले अनुरोध गरेका थिए । महामारीपछि घुमघामक लागि पर्यटकलाई आत्मविश्वास जगाउन पनि सहकार्य आवश्यक रहेको दुवै पक्षको भनाइ थियो ।

छलफलमा भारतीय पक्षबाट भारतीय ट्राभल एजेन्ट्स एसोसिएसनका अध्यक्ष ज्योति मयल, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका अध्यक्ष पीपी खन्ना, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका अध्यक्ष क्याप्टेन स्वदेश कुमार, भारतीय ट्राभल एजेन्टस फेडेरेसनका अध्यक्ष प्रदीप लुल्ला लगायत सहभागी हुनुहुन्थ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter