• Monday, April 28, 2025

विपद् पत्रकारितासम्बन्धी ३–दिने अनलाइन तालिम सम्पन्न

काठमाडौँ / कान्तिपुर सिटी कलेज तथा संयुक्त अधिराज्यस्थित बर्नमथ विश्वविद्यालयको संयुक्त आयोजनामा विपद् पत्रकारितासम्बन्धी ३–दिने वेबिनार शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा वरिष्ठ सञ्चारविद् प्राध्यापक रामकृष्ण रेग्मीले विपद् के हो, किन विपद् सञ्चार आवश्यक छ, विपद्का बेला आमसञ्चारको भूमिका के हुन्छ तथा कसरी मिडिया पूर्वतयार हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिएका छन्।

‘हालको कोभिड–१९ महामारी जनस्वास्थ्य सङ्कट हो,’ उनी भन्छन्, ‘र यो अन्य कुनै पनि विपद्भन्दा फरक छ।’

बर्नमथ विश्वविद्यालयका तर्फबाट प्राध्यापक चिन्दु श्रीधरणले वद् पत्रकारिताको सैद्धान्तिक पक्षका बारेमा छलफल गरेका छन्। उनले बर्नमथ विश्वविद्यालयकै अर्का प्राध्यापक आयनर थोर्सनसँग मिलेर २०७२ को भूकम्पपछिको नेपाली सञ्चार जगत्का बारेमा अध्ययन गर्नुभएको थियो। उहाँहरूका विपद् पत्रकारितासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन्।

कार्यक्रममा रेडियोकर्मी जनार्दन विष्टले विपद् पत्रकारिताका विविध पक्षका बारे, पत्रकार एकराज पाठकले किन यो कोभिड–१९ को विपद् पत्रकारिता फरक छ भन्ने बारे, मिडिया अनुसन्धानकर्ता श्रीमान् शर्मा (विज्ञान)ले सुरक्षित पत्रकारिताबारे तथा राजीव तिमल्सिना र आभास धरानन्द राजोपाध्यायले ‘लकडाउन’ र ‘सामाजिक दूरी’को विपद् पत्रकारितामा प्रभावबारे छलफल गरेका छन्।

कार्यक्रममा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तरमा अध्ययनरत तथा स्नातकोत्तर गरिसकेका पत्रकार, अनुसन्धाता, मिडिया विश्लेषकलगायतको सहभागिता रहेको छ।

कार्यक्रमलाई कलेजका अध्यक्ष सुमन कटवाल, प्रबन्ध निर्देशक प्रल्हाद कार्की तथा प्रधानाध्यापक राजु कट्टेलले पनि सम्बोधन गरेका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter