• Monday, April 28, 2025

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५

काठमाडौं, वैशाख २१ गते । बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।

संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जका ९ सङ्क्रमित पहिलो सङ्क्रमितकै परिवारका सदस्य

नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप ९ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप ९ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य लगायत ९० जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिदा ९ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईँका अनुसार शनिवार सङ्कलन गरिएको मध्ये ६० जनाको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।

सङ्क्रमित भएकालाई खजुरास्थित आईसुलेसन अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमा पारी भारतको रुपैडिया–नानपारा पुगेर फर्केको पाइएको छ । प्रहरी श्रोतले भन्यो,–आप्mना बिरामी बुवालाई भेट्न पुगेका सङ्क्रमित लकडाउनको दुई दिन अघि मात्रै फर्किएको पाइएको छ ।

नेपालगन्जको डिएसपी रोडमा बस्ने पहिलो सङ्क्रमित करिब एक किलोमिटर टाढा रहेको महेन्द्रपार्कनजिकै रहेको अन्सारी यान मस्जिदको सहायकको रूपमा कार्यरत रहनुभएको थियो । मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसन पढाउँदै आएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भने सङ्क्रमितले तीन महिनायता भारत नगएको बयान दिएको जनाएको छ । मस्जिदमा भारतीय र अन्य बाहिरी जिल्लाका व्यक्तिहरू आउने गरेको जानकारी दिएको कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सुरक्षा सावधानी अपनाइएको जानकारी दिनुभयो ।

पहिलो सङ्क्रमित व्यक्तिका परिवारका सदस्य, आफन्तमा नयाँ सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नयाँ व्यक्तिमा सङ्क्रमण देखिएपछि थप कन्ट्याक्ट ट्रेसिङको कार्य अघि बढाउँदैछौं, प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो,– आम नागरिकमा थप सचेत र सावधानी हुन अनुरोध गरेका छौँ । प्रशासनले यसअघि नै सङ्क्रमितको घर, मस्जिद लगायतका अन्य चार क्षेत्रमा सिल गरिसकेको छ ।

वीरगञ्जका संक्रमित कोरोना प्रभावित गाउँमा राहत बाँड्न सक्रिय थिए

आईतबार कोरोना संक्रमण देखिएका युवक वडामा राहत वितरण कार्यमा सक्रिय रहेकाले पनि उनको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसिङ मा समय लाग्ने बताईएको छ ।

राहत बाँडन गठित सर्वसदलीय समितिमा ति युवक सदस्य रही सक्रिय सहभागिता जनाएको वडा अध्यक्ष बैजुलाल स्वर्णकारले जानकारी दिनुभएको अस्पतालले जनाएको छ । वडा अध्यक्ष बैजुलाल स्वर्णकारको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताईएको छ ।

आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यसअघि वैशाख १७ मा वीरगञ्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा र वैशाख १४ मा पनि वीरगञ्ज १६ इनर्वाका ५५ वर्षीय तथा वीरगञ्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो भने गत चैत ३० मा वीरगञ्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया एक युवकमा कोरोना पुष्टि भएसंगै स्थानीय प्रशासनले ति व्यक्तिका घर परिवारका १७ जना सदस्यहरुलाई अन्य कसैको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै स्थानीय प्रशासनले कोरोना संक्रमित भनिएका युवकको घर परिवारका १७ जना सदस्यहरुलाई अन्य मानिसहरुको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले कोरोना पुष्टि भएसंगै स्थानीय प्रशासनको निर्णय आई नसकेकाले तत्काललाई घर सिल गरिएको तर स्थानीय प्रशासनको निर्णय आएपछि गाँऊ नै सिल गरिने बताउनु भयो ।

कोरोना संक्रमित पाईएपछि गत चैत ३० गते देखि नै सिल गरिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ हिजो शनिबारबाट खोलिएको थियो भने आईतबार फेरि संक्रमित देखिएपछि पुन सिल गर्ने तयारी गरिएको हो ।

आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको र संक्रमण मुक्त भएर गएका रौतहट र पर्साका १ ÷१ गरी दुई जनाको पुनः परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनु भयो । यसरी कोरोना पोजेटिभ देखिएका १ जना नयाँ र दुई जना पूराना गरी नारायणी अस्पतालमा तीन जना संक्रमितको सख्या बढेको र अहिले ११ जना कोरोना संक्रमितहरुको नारायणी अस्पतालमा उपचार भईरहेको उहाँले बताउनु भयो ।

यसअघि कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गर्दै क्वारेन्टाईनमा राख्ने काम गरिएको र यसरी सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताउनु भयो ।

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सम्बन्धित निकायका प्रमुखहरुसंग अब कसरी जाने ? भन्ने विषयमा छलफल भईरहेको बताउनु भयो । छपकैया क्षेत्रमा नै पटक पटक संक्रमण देखिएको तथा बढी संक्रमितहरु देखा परेकाले त्यस क्षेत्रलाई कसरी सुरक्षित बनाउने विषयमा चलफल गरी आवश्यक निर्णय गरिने बताउनु भयो ।

यसरी वीरगञ्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गरी शंकास्पद व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिदै आएको छ । परीक्षण रिपोर्ट पोजेटिभ आएका वीरगञ्ज ३ छपकैयाका उक्त ३६ वर्षीय पुरुषलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरि उपचार सुरु गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter