• Monday, April 28, 2025

सत्य र निष्पक्ष पत्रकारिताबाटै गरिमा

काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि हुने बताउनुभएको छ ।

पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्र्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा हार्दिक बधाई एवं शुभकामना पनि व्यक्त गर्नुभएको छ । मन्त्री खतिवडाले निष्पक्ष पत्रकारिताबाटै अहिलेका चुनौती तथा तिनीहरूका समाधानको विषयलाई उजागर गर्न सामाजिक क्षेत्रमा समेत यसले उल्लेख्य योगदान गर्न सक्छ भन्ने धारणा राख्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “सूचना प्रवाहको माध्यमले राष्ट्र निर्माणमा अतुलनीय योगदान गर्न सक्ने तथ्यलाई मनन गरी निरन्तर सूचना, विश्लेषण तथा अभिव्यक्तिका माध्यमबाट आफ्नो पेसागत दायित्व निर्वाह गर्न आजको दिनले सबै पत्रकार र आमसञ्चार क्षेत्रलाई प्रेरणा दिनेछ भन्ने मैले अपेक्षा गरेको छु ।”

अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्यमान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभएको छ । लोकतान्त्रिक राज्यव्यवस्था कायम गर्न र गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मन्त्री डा. खतिवडाले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महìवपूर्ण योगदान पु¥याउने विश्वास गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले राज्यको चौथो अङ्गको भूमिकामा खरो उत्रन पत्रकारिता र आमसञ्चार क्षेत्रको प्रयास निरन्तर रहने अपेक्षा गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter