• Sunday, April 27, 2025

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

काठमाडौँ, जेठ ५ गते । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तावित नेपालकाे नक्सा स्वीकृत गरेकाे जानकारी मन्त्री खतिवडाले दिनुभयाे ।

याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ । सो क्षेत्रमा नेपाली भूभामा भारतले सडक निर्माण गरे पछि त्यसको सर्वत्र विरोध भएपछि सरकारको सो निर्णय भएको हो

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter