• Saturday, April 26, 2025

काेराेना मिटर : आज १२ सय ४६ संक्रमित थपिए, १२ सय ४३ जना निको भए

काठमाडौं, अशोज १ गते । पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ६ सय ४१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

बिहीबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ ।

याे अवधिमा १२ सय ४३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित १६ हजार दुई सय ४१ जना छन् । त्यसमध्ये सात हजार नौ सय तीनजना संस्थागत र आठ हजार तीन सय ३८जना होम आइसोलेसनमा बसेका छन् ।

संक्रमितमध्ये एक सय ८२ जना आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहीबार थपिए ६ सय १८ संक्रमित

काठमाडौं उपत्यकामा बिहीबार थप ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय सातजना, ललितपुर जिल्लामा ६१ जना र भक्तपुर जिल्लामा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter