• Saturday, April 26, 2025

सङ्क्रमित संख्या बढ्याे, थप दुई हजार २० सहित कुल ६१ हजार ५९३

काठमाडौं, असाेज २ गते । नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । याेसँगै निकाे हुने कुल ४३ हजार ८२० पुगेकाे छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.१४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । संस्थागत आइसोलेसनमा नौहजार २९५ र होम आइसोलेसनमा आठहजार ८८ रहेका छन् । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।

सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ । मृत्युदर शुन्य दशमलब ६३ प्रतिशत रहेकाे छ ।

कहाँ कहाँ कति भेटिए सङ्क्रमित

राससका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter