• Sunday, April 27, 2025

थप एकहजार ३२५ जना सङ्क्रमित, कुल ६४ हजार १२२

काठमाडौं, असोज ४ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नाैहजार ५८४ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४६ हजार २३३ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

हाल १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

संस्थागत आइसोलेसनमा नौहजार ७१ सहित आइसोलेसनमा कुल १७ हजार ४७८ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४५१ जना छन् ।

दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ । मृत्युदर शुन्य दशमलब ६४ प्रतिशत रहेकाे छ ।

काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमितको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७६७ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७६७ जना सङ्क्रमितको पुष्टि भएको हो ।

मन्त्रालयले काठमाडौंमा सबैभन्दा बढी ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter