• Sunday, April 27, 2025

१५२ सङ्क्रमित, ६५ कोरोनामुक्त, एकको मृत्यु

काठमाडौं, चैत्त १९ गते । नेपालमा कोरोनाभाइरसका १५२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २१३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ८५१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ । हाल निको हुने दर ९८.३ प्रतिशत छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको कोरोनाले गर्दा मृत्युको पुष्टि भएको छ । हालसम्म तीन हजार ३१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल एक हजार ५७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter