• Wednesday, June 11, 2025

पछिल्लो चौबीस घण्टामा १२८ सङ्क्रमित थपिए, १६१ कोरोनामुक्त

काठमाडौं, चैत २१ गते । नेपालमा कोरोनाभाइरसका १२८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७२७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७३ हजार १२३ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएकाे छ । हालसम्म तीन हजार ३२ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter