• Sunday, April 27, 2025

चैत २५ गतेदेखि चिनियाँ खोप लगाइने

काठमाडौँ, चैत २२ गते । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ यही चैत २५ गते लगाउने तयारी सरकारले गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चीनबाट ल्याइएको खोप लगाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘चीनबाट ल्याइएको खोप चैत २५ गतेपछि लगाउने विषयमा मन्त्रालयमा छलफल भएको छ’, प्रवक्ता अधिकारीले भने ।

चैत २५ गतेदेखि खोप लगाउने विषयमा छलफल भए पनि निर्णय भइनसकेको उनको भनाइ छ । प्रवक्ता अधिकारीले यो विषयमा सोमबारसम्म निर्णय हुने बताए ।

चीन सरकारले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

सरकारले चीनबाट ल्याइएको खोप स्वास्थ्य सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्न जाने विद्यार्थीलाई लगाइने छ ।

चिनियाँ खोप लगाउन औषधि व्यवस्था विभागले फागुन ४ गते अनुमति दिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter