• Saturday, April 26, 2025

पूर्वका नदीमा जलयात्रा फस्टाउँदै, पर्यटक र यात्रुको भीड

भक्तिविलाश पोखरेल / गाईघाट,वैशाख ४ गते । नयाँवर्षको आगमनसँगै सप्तकोशीको सङ्लो पानीमा जेटबोटबाट रोमाञ्चित जलयात्रा गरी बराहा क्षेत्रको धार्मिक भ्रमण लागि आउने आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ ।

नेपालको सर्वाधिक ठूलो सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै विभिन्न कम्पनिले सञ्चालनमा ल्याएका जेटबोटमा मनोरम प्राकृतिक दृश्य हेर्दै वराह भगवानको दर्शनसमेत गर्न पाइने भएपछि नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेदेखि यहाँ आन्तरिक पर्यटकहरुको भीड बढेको स्थानीयको भनाइ छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं ८ देखि सुनसरीको वराहक्षेत्र हुदै भोजपुरको सिम्लेसम्म जेटबोटबाट जल यात्रा गर्न सकिन्छ । जल यात्राका लागि पूर्वि नेपालकै उत्कृष्ट र आकर्षक गन्तब्यका रुपमा रहेको सप्तकोशीमा व्यावसायिक रूपले जेटबोट सञ्चालनमा आएपछि अरुण र दूधकोशीमा समेत रोमाञ्चक जलयात्रा गर्नेहरूको संख्या पनि दिनदिनै बढ्दै गएको हो ।

अरुन,तमोर र दूधकोशी नदीको सङ्गम स्थल त्रिवेणी लगायत आसपासका अन्य रमणीय सुन्दर झरना तथा प्राकृतिक भूबनोटका दृश्य अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या केही दिन यता बढ्दै गएको जेटबोट सञ्चालकहरुले बताएका छन् ।

जल यातायातलाई थप विस्तार गर्न अरुण नदी र सुनकोशी नदीमा भएका अबरोध हटाउन सके बाह्य पर्यटकहरुको समेत यहाँ आकर्षण बढाउन सकिने वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो सप्तकोशी नदीमा जेटबोट सञ्चालन भएयता यात्रुहरूले भोजपुर हतुवागढीको चुहार र भसुवासम्म तथा अरुण नदीको किनारमा पर्ने सिम्लेसम्म सहजै पुग्न थालेपछि जेटबोटप्रति सर्वसाधारणको आकर्षण बढेको हो ।

उहाँले भन्नुभयो जेटबोटले पूर्वका मुख्य शहरसँगको दूरी निकै कम बनाएको छ । सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नुपर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भीरकाे फेदीबाट सहजै छिचोल्ने गरेका छन् ।

अरुण,सुनकोेशी र दूधकोशीमा भएका अबरोध हटाएमा चतराबाट अरुण नदी हुँदै सङ्खुवासभाको तुम्लिङटारको फेदीमा र सुनकोसीको दोलालघाटसम्म यात्रुलाई एकदुई घण्टाको समयमा पु¥याउन सकिने वराहक्षेत्र जल यातायात म्यारिन एण्ड रिसोर्ट प्रालिका क्याप्टेन मनीष घिमिरे बताउनुहुन्छ ।

नेपालका अधिकांश नदीहरूमा मोटरबोट र जेटबोट चलाएर एक दशकको लामो एडभेन्चर अनुभव बटुलिसकेका क्याप्टेन घिमिरेले भन्नुभयो ‘अरुण र दूधकोशीका बीच बीचमा रहेका केही ढुङ्गा हटाउन सके हिँडेर दिनभरि लाग्ने ठाउँमा एक घण्टामा जेटबोटबाट सवारी पु¥याउन सकिन्छ ।

जेटबोट सञ्चालकसँग नदीको अवरोध हटाउने प्रविधि छैन । चतराघाटस्थित सप्तकोशी नदीमा निर्माण भएको नयाँ पुलमुनि स्थापना गरेको बन्दरगाहदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुगे पनि त्यहाँभन्दा माथि नदीमा रहेका विशाल चट्टानका कारण जेटबोटबाट यात्रा गर्न नसकिने नेपाल रिभर्स टा्न्सपोर्ट प्रालिका सञ्चालक अनिष थापाले बताउनुभयो ।

वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि,नेपाल रिभर्स टा्न्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात म्यारिनएण्ड रिसोर्ट प्रालि,सप्तकोशी टुरिजम एण्ड टा्न्सपोर्टेशन प्रालि तथा कोसी एड्भेञ्चर प्राली लगायतका कम्पनीहरुले हाल व्यावसायिक रूपमा जेटबोट सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

जेटबोट सञ्चालक कम्पनीहरुले सर्वसाधारण यात्रुहरुसँग बढी भाडा असुल्ने गरेको जन गुनासो बारे नेपाल रिभर्स टा्न्सपोर्ट प्रालिका सञ्चालक अनिस थापाले चतारा धामबाट पैदल हिन्दा दुईदिन र गाडिबाट एकहजार दुईसय भाडा तिरेर छ घण्टाको यात्रा गर्दै आएका त्यस क्षेत्रका बासिन्दालाई जेटबोटले २० मिनेटको छोटो दूरीमै सुनसरीको वराहक्षेत्रसँग जोडिदिएको बताउनुभयो ।

भोजपुरको सिम्लेसम्मको एकतर्फी भाडा पाँचसय रुपियाँ मात्र निर्धारण गरिएको र डिजलको मूल्य बढ्दासमेत आफूहरुले भाडा नबढाएको अनि बालबालिका,असक्त र ज्येष्ठ नागरिकका लागि उहाँहरुको अवस्था हेररे शतप्रतिशतसम्म छुट गर्ने गरिएकोले यस्तो आरोपको कुनै तुक नभएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter