• Sunday, April 27, 2025

सगरमाथा आरोहणको बाटो खुल्दै, चौथो क्याम्प पुग्यो टोली

छेटु शेर्पा / काठमाडौं, बैसाख ७ गते । सगरमाथा आरोहणका लागि निर्माण गरिएको बाटो सात हजार ८०० मिटरको चौथो क्याम्पसम्म पुगेको छ । विश्वकीर्तिमानी आरोहीगाइड कामीरीता शेर्पाको नेतृत्वमा १५ दिनदेखि बाटो निर्माण शुरु भएको थियो ।

बाटो निर्माण जिम्मा लिएका सेभेन समिट ट्रेक्सका निर्देशक टासिलाक्पा शेर्पाका अनुसार सोमबार चौथो क्याम्पसम्म पु¥याएको आधारशिविरबाट जानकारी दिनुभयो ।

शेर्पाका अनुसार १३ जना शेर्पा गाइडहरुले सात ८०० मिटरसम्म बाटो निर्माण गरी थप सामाग्री ल्याउन आधारशिविर फर्केको यसै साता भित्र चौथो क्याम्प माथि बाटो निर्माण गर्ने लक्ष राखेको शेर्पाले जानकारी दिनुभयो । मौसमले साथ दिए बैसाख २५ गतेसम्मा आरोहण गर्ने तयारी राखेको समेत उहाँले जानकारी दिनुभयो ।

आरोहीहरु आरोहणका लागि तयारी अवस्थामा रहेकाले बाटो निर्माणलाई चाँडो सक्न हरदम प्रयास गरिरहेको तर हिउँपरेका कारण केही दिन समस्या आएको थियो । डोरी सहित अन्य व्यवस्थापनमा कमी नगरी बाटो निर्माणलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

शुक्रबार ६८ जना आरोहीले एकै पटक अन्नपुर्ण हिमालको आरोहण गरेका थिए । खराव मौसम नभए यस वर्ष अन्य वर्षको भन्दा १५ दिन अगाडिनै आरोहण हुने जनाएको छ ।

अन्य यस वर्ष सन् २०१९ मा जतिकै आरोहीको भीड रहेको छ । पर्यटन विभागको तथ्याङक अनुसार ३८ आरोहण दलबाट ३६६ जना आरोहीले आरोहणका लागि अनुमती लिएका छन् । प्रत्येक आरोहीले दोस्रो क्याम्पसम्म उचाइ अनुकुलन (हाइपचाउने) तयारी सम्पन्न गरी सकेको एजेन्सीहरुले जनाएको छ । आरोहणदलका सदस्य (आरोही र आरोहण गाइड, उचाइमा जाने कामदार, शेर्पा, किचन कामदार) सहित यस वर्ष सात सय जना भन्दा बढी सगरमाथा आरोहणका लागि जाने छन् । उता सगरमाथाकै बाटो भएर आरोहण गरिने ल्होत्से हिमालका लागि १०४ जना र नुप्सेका हिमालका लागि समेत २३ जना आरोही रहेको छ । यि तिनै हिमाल आरोहणका लागि दोस्रो क्याम्पसम्म एक हजार बढी आरोही तथा कामदारहरु पुग्ने भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter