• Sunday, April 27, 2025

२६औं पटक सगरमाथाको आरोहण गर्ने तयारीमा कामिरिता

छेटु शेर्पा / काठमाडौं, वैशाख ९ गते । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष २६ औ पटक आरोहण गर्ने हुनुभएको छ । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा (आठ हजार ८४८.८६ मिटर) को आरोहण गरेका शेर्पाले यो महिना पनि दुई पटक आरोहण गर्ने लक्ष्य लिनुभएको हो ।

कामिरिताको नेतृत्वमा १३ जना शेर्पा गाइडले सगरमाथा आरोहणका लागि बाटो निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिमानी आरोही शेर्पाले बाटो निर्माणका क्रममा सगरमाथाको आरोहण गर्ने र त्यस पछि बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अलखलिफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष्य राखेकाे शेर्पाले बताउनुभयो

विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ । यसै महिना दुई पटक आरोहण सफल भए उहाँ २६ औ पटक सगरमाथाआरोहण गर्ने संसारकै एक मात्र व्यक्ति स्थापित हुनुहुनेछ । आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राख्नुभएको थियो तर कामिरिताले सन् २०१८ मा उनले २२ पटक आरोहण गरेपछि उहाँ सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनुभएको थियो ।

यस वर्ष दुई पटक सगरमाथाको आरोहण सफल भएपछि कामिरिताको २६ औ पटक आरोहण हुनेछ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेदेखि हालसम्म धेरै आरोहण गर्ने व्यक्तिमा कामिरिताको रेकर्ड तोड्न सक्ने सम्भावना कमै देखिएको छ । २१ पटक भन्दा बढी आरोहण गर्ने आरोही नभए पछि कामिरिताको रेकर्ड ब्रेक हुने सम्भावना कम भएको आरोही गाइडहरुको भनाइ छ । ६८ वर्षको सगरमाथा आरोहण इतिहासमा हालसम्म ६ हजार ५०७जनाले सगरमाथाको आरोहण गरिसकेको पर्यटन विभागको तथ्याङ्क छ ।

यस वर्ष ३७१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् सन् २०१८ मा २६२ र सन् २०१९ मा २८० जनाले सगरमाथाको आरोहण गरेका थिए । यस वर्ष भने अघिल्लो वर्षको तुलनामा १५ दिनअघि नै आरोहण गर्ने तयारी गरेको छ । मंगलबार ७८०० मिटरमा बाटो पु¥याएको छ भने यसै साता चुचुरोसम्म बाटो निर्माण हुने बाटो निर्माणको जिम्मा लिएका सेभेन समिट ट्रेकका निर्देशक टासि लाक्पा शेर्पाले आधार शिविरबाट जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter