तामाकोशीको सुरुङ्मा पानी पठाइयाे, चाँडै परीक्षण उत्पादन हुने
काठमाडौं, बेशाख १६ गते । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसश जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभयो ।
देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद कुरा हो । दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने कोशेढुङ्गा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गर्नुएको छ । यसै अवसर पारेर लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गर्नुभयो । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुने र त्यसको शुुभारम्भ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ ।
यस आयोजनाको सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमणका कारण उहाँ जान सक्नुभएन । त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गर्नुभएकाे सञ्चारमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।