• Tuesday, April 29, 2025

महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, जेठ २ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन गर्नुभएको छ।

वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिनुभएको हो। ‘हामी कोभिड १९ महामारीको संकटमा छौ । महामारीको समयमा पनि हामीले हाम्रा कृषकहरुका समस्या सधानमा ध्यान दिनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस्तो अवस्थामा पनि हामी आफू सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधानका लागि काम गर्नुपर्छ।’

महामारीका कारण अहिले देशभरका कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल मानध्यमबाट छलफल गरी आवश्यक कदम अगाडी बढाउन मन्त्री अर्यालले निर्देशन गर्नुभएको छ।

कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उहाँले निर्देशन गर्नुभएको छ। मन्त्री अर्यालले भन्नुभयो, ‘महामारी नियन्त्रणका सन्दर्भमा गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गर्न आवश्यक छ।

प्रभावहरुको अध्ययन त्यसपश्चात् सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुस्। अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्।’

कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजिकरणको लागी यस अघिनै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भैसकैको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्नेगरी तयारी गर्न समेत निर्देशन गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter