• Sunday, April 27, 2025

९१९८ सङ्क्रमित थपिए, ५७६७ कोरोनामुक्त, २१४ को मृत्यु

काठमाडौं, जेठ ३ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म २७ लाख ९२ हजार ६७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ६४ हजार २१८ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार हाल एक लाख १३ हजार ४८० जनामा भाइरसको सङ्क्रमित सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना कोरोनामुक्त भएका छन् ।

आइतबार चौबीस घण्टामा २१४ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter