• Tuesday, April 29, 2025

चाैध अग्ला हिमाल आरोहण गर्ने दाजुभाइलाई विश्व कीर्तिमान प्रमाणपत्र

छेटु शेर्पा / काठमाडौं, जेठ २ गते । विश्वको आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली आरोही दाजुभाइले विश्वकीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । एउटै परिवारबाट १४ वटा अग्ला हिमाल आरोहण गर्ने आरोही गाइड मिङमा शेर्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले शुक्रवार विश्व रेकर्ड कीर्तिमान पमाणपत्र प्रदान गरेको हो ।

उहाँहरुलाई एकै घरका दाजु भाइमध्ये दाजु मिङमा शेर्पाले सन् २००० देखि २०११ को अवधिमा १४ वटा हिमाल आरोहण अभियान सम्पन्न गर्नुभएकाे थियाे भने भाइ छाङदावा शेर्पाले सन् २००१ देखि सन २०१३ को अवधिमा आरोहण सम्पन्न गरेको भन्दै गिनिज बुकले प्रमाणपत्र दिएको हो ।

हाल ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने नेपालीको सङ्ख्या पाँच जना पुगेको छ । यीमध्ये गत वर्ष ताप्लेजुङका मिङमा ग्याबु शेर्पा, म्याग्दीका निर्मल पुर्जा र संखुवासभाका सानु शेर्पा रहनु भएकाे छ । हालसम्म नेपाली महिलाले भने १४ वटा अग्ला हिमाल आरोहण गर्न सकेका छैनन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter