• Sunday, April 27, 2025

योजना आयोगको उपाध्यक्षमा पुनः डा कँडेल नियुक्त

काठमाडौँ, जेठ ६ गते । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो ।

पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गर्नुभएको छ । सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गर्नुभएको छ ।

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त हुनुभएका डा. पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो । शपथ ग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter