• Sunday, April 27, 2025

अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग आग्रह

काठमाडौं, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ लाई परास्त गर्न एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ । फिउचर अफ एशियासम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलनको भर्चुअली सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “एक अर्कासँग जोडिएको विश्वमा सबैजना सुरक्षित नरहेसम्म कोही सुरक्षित रहन्न ।”

उहाँले कुनै एक सरकार वा समाज मात्रैको प्रयासबाट कोभिड १९ रुपी संकटबाट पार पाउन अपर्याप्त हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड १९ लाई परास्त गर्न सबैका लागि समग्र क्षेत्र र समग्र विश्वकै एकीकृत प्रयासको आवश्यकता औंल्याउनुभयो । खोपको समान पहुँचका लागि ठोस कदम आवश्यक रहेको बताउनुहुँदै उहाँले कोरोनापछि छोटो, मध्यम र लामो समयका लागि रणनीति तयार गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

बिकासका लागि अझै बढी समन्वय र सहकार्य, दीगो बिकास लक्ष्य पाउन बिस्तृतमा ध्यान केन्द्रित गर्नुपर्ने, जलवायु परिवर्तनको प्रकोप रोक्न सुदृढ कार्य, अन्तर्राष्ट्रिय सीमा भएर अति कम बिकसित राष्ट्रहरुका लागि ब्यापारका अझै बढी अबसर, सुबिधाजनक लगानी र प्रबिधिको हस्तान्तरण आवश्यक हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“बिगत्को दुई सय वर्षमा विश्वका सबैजसो भूभाग समृद्धितिर जाँदा हामी अपवादमा रह्यौं तर पछिल्लो केही दशकमा एशियामा एतिहासिक रुपान्तरण भएको छ, एशियाको मूल्य मान्यताको वजन बढ्दै गएको छ । ” उहाँले बताउनुभयो ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालमा दैनिक आठ हजार सङ्क्रमित थपिदै गएको चिन्ताको विषय भएको बताउनुभयो । उहाँले सहयोगका लागि विश्व समुदाय समक्ष आग्रह गरेको र आग्रह बमोजिम सहयोग समेत आउन सुरु भएको बताउनुभयो । यद्दपी उहाँले अक्सिजन र खोप अत्यन्त आवश्यक रहेको हुँदा छिमेकी राष्ट्रहरुको सहयोग र समर्थनको लागि आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter