काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्रहरू गठन गरी कोरोना भाइरसको संक्रमण फैलन नदिन काम गरिरहेको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उहाँले सो कुरा बताउनुभएको […]
रमेश लम्साल/अशोक घिमिरे / काठमाडौँ, चैत १ गते । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्कनुभएको छ । विपद्को […]
काठमाडौं, फागुन ३० गते । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको […]
काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ […]
काठमाडौँ, फागुन २८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट […]
सिबी अधिकारी / काठमाडौँ, फागुन २७ गते । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान […]
पाल्पा / फागुन २६ गते । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थाल्नुभएको छ । व्यावसायिकरुपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्नुहुन्छ । उहाँले डेढ […]
काठमाडौँ, फागुन २५ गते । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु-याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई […]
सिवी अधिकारी / काठमाडौँ, फागुन २४ गते । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर […]
सिबी अधिकारी / काठमाडौँ, फागुन २३ गते । विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ […]