एक्सक्लुसिभ समाचार

१४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट सार्वजनिक

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । […]


एकै दिनमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो

काठमाडौँ, जेठ १४ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, […]


कोरोनाले खुम्च्याउने भयो आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय र गरिबीमा भने सुधार

काठमाडौँ, जेठ १३ गते । सरकारले अर्थतन्त्रको सुधारको तीव्रतालाई कोरोनाले प्रभाव पारेका कारण यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुहुँदै आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने र प्रतिव्यक्ति आय भने एक हजार […]


अर्थतन्त्रकाे रक्षा र रोग तथा भोकबाट जोगाउने प्रमुख दायित्व : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपु-याएको बताउनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण देशभर करिब दुई दर्जनजति पुग्न लागेको बताउनुभयो । सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै तीनै तहको […]


थप १९ जनामा कोरोना पुष्टि, कुल ६०३ पुग्यो

काठमाडौँ, जेठ ११ गते । पछिल्लाे कोरोना परीक्षणमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । त्यसैगरी, थप सात जना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे उहाँले जानकारी दिनुभयाे । मोरङ, बारा, पर्सा, रौतहट, […]


थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कुल ५८४ पुग्यो

काठमाडौं, जेठ १० गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५८४ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, […]


कूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता; विदेशबाट नेपाली उद्धार छिट्टै

काठमाडौँ, जेठ ९ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको बत(ाउनुभएको छ । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उहाँले कूटनीतिक वार्तामार्फत नक्सामा परेका भूभाग फिर्ता लिनेसमेत प्रस्ट्याउनुभयो । उहाँले यो पटक नेपालले सुगौली सन्धिले स्थापित गरेका सबै प्रमाण पुग्नेगरी नेपालको नक्सा सार्वजनिक गरेको हो । यस पश्चात् […]


लकडाउनको सदुपयोगः बिरुवा बेचेर लाखौँ आम्दानी

गलेश्वर, जेठ ८ गते । म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको कुनै जागिर पनि छैन र […]


प्रधानमन्त्री ओलीद्वारा कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण; परीक्षणको दायरा बढाउन निर्देशन

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ । छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण […]


नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौँ, जेठ ६ गते । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे । नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter