एक्सक्लुसिभ समाचार

मेलम्चीकाे पानी असारसम्म भित्र्याउन निर्देशन

काठमाडौँ, पुस १४ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्र्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पछिल्लो सम्झौतानुसार तोकिएकै अवधिमा काम सम्पन्न गरेर काठमाडौँ उपत्यकामा खानेपानीको सुनिश्चित गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको हो । समितिले आयोजनामा भुक्तानी गर्न बाँकी आपूर्तिकर्ताको समस्या समाधानका […]


भ्रमण वर्षमा पर्यटकलाई छुटै छुट

सिबी अधिकारी / काठमाडौं, पुस १३ गते । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित तमाम संस्थाले यो अभियानलाई […]


किन इयूले नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने ?

सिबी अधिकारी / काठमाडौँ, पुस १२ गते । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ । युरोपेली सङ्घ (इयू) को चासो अनुरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवाप्रदाय निकायको रुपमा स्थापित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भइरहेको […]


फष्टाउँदै व्यावसायिक च्याउखेती

भीमदत्तनगर, पुस ११ गते । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष […]


‘एमसिसीको बहस राजनीतिक तुष्टीकरण मात्रै’ : प्रवक्ता बाँस्कोटा

काठमाडौँ, पुस १० गते । सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका सन्दर्भमा चलेको बहस राजनीतिक तुष्टीकरण मात्र भएको टिप्पणी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसिसीको विषय ‘इन्डो प्यासिफिक स्ट्राटेजी’सँग जोडिएको छैन भन्दै यसमा अनावश्यक बहस नगर्न सुझाव दिनुभयो । “केही राजनीतिक तुष्टीकरण होला, […]


हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं, पुस ९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले […]


भ्रमण वर्ष २०२० का लागि गन्तव्यको पहिचान

बाँके, पुस ८ गते । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो । गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले […]


नेपालकाे आँखा अस्पताल जहाँ ६० प्रतिशत भारतीयले उपचार गराउँछन्

सिराजुद्दिन खान / नेपालगञ्ज, पुस ७ गते । नेपालबाट उपचार गराउन भारत जानेको संख्या दैनिक रुपमा बढिरेहको छ । तर आँखा चेकजाँच गराउन भारतबाट लाखौं बिरामी नेपालगञ्ज आउने गरेका छन् । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले स्थापना भएको ३३ बर्षको अवधीमा २२ लाख आँखाका बिरामीहरुको उपचार गरेको जनाएको छ । त्यसमा भारतीय नागरिकको संख्या ६० प्रतिशत […]


एमसिसीको सहयोग, इण्डो प्यासिफिकको रणनीतिमा छैन

रमेश लम्साल / काठमाडौँ, पुस ६ गते । नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै […]


निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

काठमाडाँै, पुस ५ गते । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter