एक्सक्लुसिभ समाचार

सागले दक्षिण एसियामा एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षा : प्रम; नेपाललाई ५१ स्वर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् । सागको समापन समारोहको अवसरमा मंगलबार एक भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको सागमा खेलाडीको सहभागिता र पदकको हिसावले पनि नेपाललाई ऐतिहासिक सफलता मिलेको भन्दै सुखी व्यक्त गरे । ‘सागमा पदकहरु यसवर्ष देशमै पहिलेभन्दा धेरै राखिएका छन् […]


असुरक्षित वैदेशिक रोजगारः चालू आवको प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु

अशोक घिमिरे काठमाडाँै,मङ्सिर २३ गते । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान […]


नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई […]


नागरिक उड्डयनकाे क्षेत्रलाई सुरक्षित बनाउन शून्य सहनशिलताको नीति : मन्त्री भट्टराई

काठमाडौँ, मङ्सिर २१ गते ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोले यसको सुधारका लागि […]


मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

ठिनी, मङ्सिर २० गते । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० […]


गाँउमा डाक्टर भनेर चिनिन्छन् स्वयंसेवी स्वास्थ्य कार्यकर्ता

काठमाडौं, मंङसिर १९ गते । मुगु जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी पुण्यप्रभाको जन्म जुम्लामा भयो । अनमी पढेपछि उहाँको कर्म क्षेत्र बन्यो मुगु । मुगुको जिल्ला अस्पतालमा उहाँले काम सुरु गरेको २० वर्षभयो । यो अवधिमा उहाँले चार हजार महिलालाई सुरक्षित सुत्केरी गराउनुभयो । उहाँ अहिले गाउँमा प्रिय डाक्टर बन्नु भएको छ । उहाँको अध्ययन […]


पर्यटन बर्ष सफल बनाउन पर्यटनमन्त्रीको राजदुतहरुलाई आह्वान

काठमाडौं, मंङसिर १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाप्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भन्नुभयो, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै […]


साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो

काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित […]


तेह्रौं सागको पहिलो दिन नेपाललाई १५ स्वर्ण, कुल पदक २३

काठमाडौं, मङ्सिर १६ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ । सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, […]


१३ औं सागको भव्य उद्घाटन

काठमाडौं, मङ्सिर १५ गते । १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज एक समारोहबीच उद्घाटन गरियाे। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभएकाे थियाे । सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । उद्घाटन सागको अन्य संस्करणभन्दा पृथक, भब्य हुने छ । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter