एक्सक्लुसिभ समाचार

सुुन्तला बेचेरै वार्षिक ४० लाख कमाई

प्रतीक इच्छुक शर्मा / सल्यान, पुस ४ गते । वागचौर नगरपालिका ९ को डाँगीगाउँ पश्चिमतिर फर्किएको पाखो । चिटिक्क सजिएको घर छेउमा सुधारिएको गरामा लहरै रहेका सुन्तला बारी । सुन्तला पाकेर पहेँलै देखिन्छ । प्लाष्टिक ओढाएको नर्सरी । नर्सरीमा रहेका लाखौ कागती र सुन्तलाका बेर्ना । यो दृश्य नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेशका सदस्य लोकबहादुर […]


त्रिविले प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गर्नु पर्छ :सहकुलपति

काठमाडौँ, पुस ३ गते । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ । पैँतालिसौँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी […]


नेपाली सेना र महानगरबीच सम्झौता : अब मृगौला रोगीलाई निःशुल्क हेमोडाईलासिस सेवा

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विभिन्न रोगको उपचार र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि महानगरले सेनासँग सहकार्य गरेको हो । सम्झौता पत्रमा महानगरका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले बधुबार जंगी अड्डामा एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौताबमोजिम पहिलो […]


तीनमहिने ट्राफिक उज्यालो अभियान : एक लाखलाई सचेतना

काठमाडौँ, पुस १ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ । ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण […]


स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज

गोपालप्रसाद बराल / महोत्तरी, मङ्सिर ३० गते । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको बताउँछन् । यसपालि १० दिनअघि (५ डिसेम्वर २०१९) मा १६ औंँ अन्तरराष्ट्रिय […]


भ्रमण वर्ष प्रवद्र्धन गर्न राजदूतहरुको सम्मेलन; बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

काठमाडौं, मङ्सिर २९ गते । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ओमानको मस्कटमा राजदूतहरुको क्षेत्रीय सम्मेलन सुरु भएको छ । सम्मेलनमा मध्य पूर्वमा नेपाललाई प्रतिनिधित्व गर्नुहुने राजदूतहरुको सहभागिता रहेको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागिका अनुसार भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि राजदूतहरुको सम्मेलन ओमानको मस्कटमा आइतबार सुरु भएको हो । पर्यटन […]


रातदिन काम , पुल र सुरुङ बाहेक ८० प्रतिशत भाैतिक प्रगति

रमेश लम्साल / निजगढ मंसिर २८ गते । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर […]


पदक विजेता खेलाडीलाई नगर परिक्रमा

काठमाडौँ, मङ्सिर २७ गते । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई […]


सीमा विवाद सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ : मन्त्री बाँस्काेटा

काठमाडाँै, मङ्सिर २६ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भारतको हित हुने बताउनुभयो । उहाँले भन्नुभयो,“भारतले अन्तरराष्ट्रिय […]


सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री; स्वर्ण पदक जित्न सफल खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा

काठमाडौं, मंसिर २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उहाँले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो । सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter