एक्सक्लुसिभ समाचार

नवनियुक्त सभामुख, उपप्रधानमन्त्री रायमाझी र मन्त्रीहरुद्वारा शपथ

 काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले सभामुख घर्तीलाई शपथ खुवाउनुभएको हो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित […]


सभामुखमा ओनसरी घर्ती निर्वाचित, उपसभामुखमा यादव निर्वाचित

काठमाडौँ, २९ असोज । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा (माओवादी)का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । विसं. २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख हुनुभएका घर्ती पहिलो महिला सभामुख पनि हुनुभएको छ ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि […]


राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ– राष्ट्रपति डा यादव

काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।” वैशाखमा गएको […]


फेसबुकबाट फोटो मार्केटिङ 

-योगीशकृष्ण मित्रवर बन्धु व्यस्त थियो । उ घरि घरि कसैलाई फोन गर्ने प्रयास गरिरहेको थियो । ऊ घरि तारेफोन त कहिले मोबाइलमा नम्बर डायल गरिरहन्थ्यो । यसलाई के भयो आज ? कुनै गम्भीर समस्यामा त परेन ? उसले जबाफ दियो “समस्या नै समस्या छ । फोन नै लाग्दैन ।” “ए बाबा । दूरसञ्चारको फोन हो […]


स्थानीयवासीद्वारा पदमार्ग निर्माण

बाबियाचौर (म्याग्दी), २७ असोज । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय रुटमा स्थानीयवासीले पदमार्ग निर्माण गरेका छन् । म्याग्दीको राम्चे गाविस–१ र २ नांगी र पर्वतको लोप्रे तथा डाँडाकटेरी गाउँका बासिन्दाले पदमार्ग निर्माण गरेका हुन् । डाँडाकटेरी र लोप्रेका बासिन्दाले श्रमदान गरेर घोप्टे खोलाको पुल र कोठीको डिल क्षेत्रमा पदमार्ग बनाएका हुन् । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग […]


प्रभावकारी बन्यो भकारो सुधार

रामपुर (पाल्पा), २६ असोज । कृषि विकास मन्त्रालयअन्तर्गत माटो विकास निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सुरुवात भएको भकारो सुधार कार्यक्रम यहाँ प्रभावकारी भएको छ । विसं ०६५÷६६ देखि सुरुवात भएको सो कार्यक्रमबाट जिल्लाका ४५० कृषक लाभान्वित भइसकेका छन् भने यस आवमा २०० कृषकलाई सहयोग गरिने जानकारी जिल्ला कृषि विकास कार्यालयका कृषि […]


भारतको नाकाबन्दी, उसको नियत र मोर्चासँगको वार्ता – दुर्गानाथ शर्मा

  दुर्गानाथ शर्मा । नेपालमा नयाँ संविधान त आयो तर दक्षिणी क्षेत्रका जनताले संविधानको विरोध सुरु गरिहाले । यसैलाई निहु पारेर भारतले नेपाल विरुद्ध अघोषित नाकाबन्दी सुरु गर्यो, जसले गर्दा अहिले नेपालीले ठुलो कष्ट भोग्नु परिरहेको छ । यहाँ अचम्म लाग्ने कुरा के छ भने भारत सरकारमा मन्त्रीहरू र नेपालस्थित भारतका राजदूत अनि दिल्लीस्थित हाम्रै […]


नेपाल अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुने

काठमाडौँ, २३ असोज । अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घको १२औँ सम्मेलनमा नेपालले सहभागिता जनाउने भएको छ । यही असोज २८ देखि ३० गतेसम्म बेल्जियममा हुने सो सम्मेलनमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु तपस्सी धम्मले प्रतिनिधित्व गर्नुहुने भएको छ । नेपाललगायत विभिन्न ४६ मुलुकका १५० प्रतिनिधिले भाग लिने सो बैठकमा बौद्ध दर्शन […]


अप्परमाई हाइड्रोको काम ९८ प्रतिशत सम्पन्न

इलाम, २१ असोज । माईभ्याली हाइड्रोपावर प्रालिद्वारा इलामको मावु र माइमझुवा गाविसमा निर्माणाधीन अप्परमाई हाइड्रोको काम ९८ प्रतिशत सम्पन्न भएको छ । दसैँ तिहारबीचमा काम सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने हाइड्रोपावर कम्पनीले जनाएको छ । दश मेगावाट क्षमताको यो आयोजना थालिएको करिब छ वर्षपछि सम्पन्न हुन लागेको हो । हेडबक्स, टनेल, पावरहाउसलगायतका महत्वपूर्ण काम […]


दसैँको साइत : टीकाका लागि कात्तिक ५ गते बिहान १०ः५५ उत्तम

काठमाडौँ, १८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।  घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter