एक्सक्लुसिभ समाचार

प्रमुख पदमा महिलालाई पचास प्रतिशत

सीता शर्मा / काठमाडौँ, फागुन २४ गते । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाउनुभएको हो । नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता […]


लेकै फुल्यो लालीगुराँस, रमाए पर्यटक

गलेश्वर, फागुन २३ गते । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । […]


सहज बन्दै सङ्क्रमण, पर्यटन क्षेत्रको ‘रिकभरी प्लान’ अझै अन्याेलमा

छेटु शेर्पा / काठमाडौं, फागुन २२ गते । कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ सङ्क्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डसमेत खुकुलो भएको छ । तर पर्यटन रिकभरीका नयाँ योजनाहरु बन्न नसक्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन अझै समय लाग्ने देखिएको छ । संस्कृति, […]


धान खेत मासेर ड्रागन फ्रुट खेती

हरिप्रसाद कोइराला / उर्लाबारी, फागुन २१ गते । मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ३ विघा जमिनबाट वार्षिक ३० लाख रुपियाँ कमाउने कृषि उद्यममा लाग्नुभएको छ । प्रति विघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणको रुपमा १०÷१५ वटा विरुवा लगाएर खेती […]


‘क्यालिब्रेशन फ्लाइट’सकियो, केही दिनपछि पुनः गरिने

काठमाडौं, फागुन २० गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ। बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडान भने नियमित हुनसकेका थिएनन्। आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो। उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुनसकेको […]


ज्येष्ठ नागरिकले जोगाएको परम्परागत पेसा

कैलाश लामा / दोलखा, फागुन १९ गते । डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगायतका सामग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामग्री हुन् । बाँस र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ । भीमेश्वर नगरपालिका–४ जिलु, सुप्लुङ्गाका भोजबहादुर […]


विशेष र उच्च अदालतका न्यायाधीशहरूकाे जिम्मेवारी ताेकियाे

काठमाडौं, फागुन १८ गते । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च दालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, […]


प्रारम्भिक प्रतिवेदन सकारात्मक, बैशाख १ मा परीक्षण उडान

सीबी अधिकारी / भैरहवा, फागुन १७ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् […]


‘एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ’

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड […]


संसदबाट एमसीसी सम्झौता अनुमोदन, अर्को बैठक बुधबार बस्ने

काठमाडौं, फागुन १५ गते । प्रतिनिधिसभाको दोस्रो बैकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter