विचार / अन्तर्वार्ता

राष्ट्रघात हुने माग पूरा हुनै सक्दैन ः उपप्रम रावल

 नेपालगन्ज, २८ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले संविधानले अधिकार दिएन भन्नेहरु नेपाली जनताका हितैषी हुन नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेकपा (एमाले) भेरी–कर्णाली अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आफुलाई मधेसका मसीहा र नेता भन्नेले संविधानप्रति जनतामा भ्रम छरेका छन्, मुलुकलाई द्वन्द्वको दिशामा लाने प्रपन्च गरेका छन् ।” जातीयताका आधारमा […]


मुलुकमा आठ प्रदेश नै उपयुक्त विकल्प– उपप्रम गच्छदार

    विराटनगर, २७ पुस । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सीमाङ्कनको समस्या समाधानका लागि मुलुकमा आठ प्रदेश नै सबैभन्दा राम्रो विकल्प रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘अतिवादी चिन्तन र अतिवादी सीमाङ्कनको सम्बन्धमा राखिएका विचार’ को बीच बाटो आठ प्रदेश नै देखिएको प्रस्ट पार्नुभयो । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का […]


‘मधेसमा तीन प्रदेश निर्माण गरिनुपर्छ’– उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, २६ पुस । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताउनुभएको छ । मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका गच्छदारले आज मन्त्रालयमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र […]


संशोधन विधेयकमा परिमार्जन आवश्यक छ–मोर्चा

  काठमाडौँ, २५ पुुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको खाँचो औँल्याएको छ । मोर्चाको यही पुस २२ देखि २४ गतेसम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज जारी गरिएको विज्ञप्तिमा उक्त विधेयकलाई आवश्यक रुपमा परिमार्जन वा परिवर्तन नगरी यथावत् रुपमा पारित गराइए आन्दोलनरत पक्षले […]


पुनःनिर्माणको अभियान माघ २ गतेदेखि – उपप्रधानमन्त्री रायमाझी

    काठमाडौँ, २४ पुस । उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले गत वैशाखमा गएको भूकम्पले दलित वर्ग र सीमान्तकृत समुदाय धेरै प्रभावित भएको बताउनुभएको छ । समता फाउण्डेसन नामक सामाजिक संस्थाले आज आयोजना गरेको भूकम्पपश्चात् दलित र सीमान्तकृत समुदायको उद्धार कार्यक्रम र भावी रणनीति विषयक एक दिवशीय कार्यशालाको उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रका विकट […]


आर्थिक विकासको कार्यसूची उच्च प्राथमिकतामा – अर्थमन्त्री

    काठमाडौँ, २२ पुस । हाल मुलुकको अर्थतन्त्रका सबै पक्षमा परेको प्रतिकूल प्रभाव घटाउन सरकारले आर्थिक विकासको कार्यसूचीलाई उच्च प्राथमिकता राखेर आवश्यक काम थालेको जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर कृषि, उद्योग, पर्यटन, सेवा, व्यापार र निर्माण क्षेत्रमा देखिएको शिथिलता हटाउन आर्थिक विकासका विषयलाई केन्द्रमा राखेर काम थालिएको बताउनुभयो […]


नेपालको शिक्षालाई परिवर्तन गरेरै छाड्छु ः शिक्षामन्त्री पोखरेल

  खोटाङ, २१ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रूपमै परिवर्तन गरेर छाड्ने बताउनुभएको छ । खोटाङको दिक्तेलमा सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ, यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा आफू लागिपरेको छु ।” संविधान प्रचार अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री पोखरेलले राष्ट्र […]


राष्ट्रिय एकता गर्ने मधेसी नै देशको सच्चा मधेसी ः अध्यक्ष दाहाल

  महोत्तरी, २० पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताउनुभएको छ । दुई नम्बर प्रदेशको दुईदिने बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास आउनुभएका अध्यक्ष दाहालले पत्रकारको भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । “मधेसवादी दलले जति छिटो नाकाबन्दी खोल्छ त्यति छिटो नै उहाँहरुलाई देशका जनताले राष्ट्रिय […]


इन्जिनियरलाई साथमा लिएर अब काम अघि बढाउँछु–प्रधानमन्त्री ओली

  काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका लागि तयार गरिएको प्रतियोगितात्मक ‘नमुना घरको नक्सा प्रदर्शनी’ का विजयीलाई पुरस्कार प्रदान गर्दै उहाँले भन्नुभयो– “हामी यस देशलाई यस्तै […]


संविधानले मधेसी समुदायको अधिकार संरक्षित गरेको छ ः उपसभापति पौडेल

लुम्बिनी (रुपन्देही), १६ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी संविधानले मधेसी समुदायको हकहित र अधिकारलाई सबैभन्दा बढी समेटेको बताउनुभएको छ । संविधानबारे मधेसी जनतालाई भ्रम सिर्जना गरेका कारण निर्देास मधेसी जनताले आन्दोलन गरिरहेको बताउँदै संविधानले मधेसी जनतालाई सबैभन्दा बढी अधिकार प्रत्यायोजन गरेको दाबी गर्नु भयो । चालिऔँ राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter