बनेपा, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा व्यावहारिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दीक्षित विद्यार्थीले शैक्षिक प्रमाणपत्र ग्रहण गरेर मात्रै पुग्दैन । शिक्षालाई व्यवहारमै उतारेर सार्थक बनाउनुपर्छ ।” विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यवहारमा कार्यान्वयन हुने शिक्षाबाट मात्रै मुलुकको आवश्यकता […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई सर्वोत्कृष्ट भन्न हिच्किचाउन नहुने बताउनुभएको छ । नवलपरासीको प्रगतिनगरस्थित जनज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभयो । मानव अधिकारको विश्वव्यापी मान्यतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै जारी भएको संविधान नेपालको संवैधानिक इतिहासकै अग्रगामी र सर्वोत्कृष्ट प्रयोग भएको उहाँले बताउनुभयो । राजधानी बाहिरको पहिलो कार्यक्रममा प्रगतिनगर […]
काठमाडौँ, मङ्सिर । सभामुख ओनसरी घर्ती र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच गत २३ गते शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत रिचार्डले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा दुई देशबीचको आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको संसद सचिवालयले जनाएको छ । सो अवसरमा […]
(कुमारप्रसाद चौलागाईँ) काठमाडौँ । केही वर्षअघिसम्म गाउँका सोझासाझा चेलीबेटी फकाएर सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको पछिल्ला दिन चेलीबेटी बेचबिखनको गन्तव्य फेरिएको छ । अहिले उनीहरू नेपाली चेलीलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर खाडी मुलुक, भारतका पर्यटकीय सहर गोवा, पुणे, आसाम तथा तेस्रो मुलुक नैरोबी, तान्जानिया, किर्गिजस्तान, लेवनान र सिरियासम्म बेच्ने गरेको तथ्य बाहिर आएको छ […]
काठमाडौँ, । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति केपी शर्मा ओलीले विज्ञान प्रविधिको प्रयोगबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिलेको आधुनिक युगमा विज्ञान र प्रविधिको प्रयोग गर्नसके देश विकास गर्न धेरै समय […]
-बद्री ओझा कृषिगणना २०६९ अनुसार नेपालमा दुई लाख ४५ हजार हेक्टर जमिनामा तरकारी खेती गरी वार्षिक ३३ लाख टन तरकारी उत्पादन हुन्छ । त्यसैगरी तरकारीवाली सर्वेक्षण २००९ अनुसार नेपालमा वार्षिक ४५ अर्ब रुपैयाँ बराबरको तरकारी उत्पादन हुन्छ । सोही सर्वेक्षण अनुसार नेपालका ७० प्रतिशत घर परिवार कुनै न कुनै हिसाबले तरकार िखेतीमा संलग्न छन् […]
नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले नेकपा (एमाले) भित्र रहेको गुटउपगुट र मनमुटावलाई अहिले दिगोरुपमा त्यागेर राष्ट्रिय एकता कायम गर्न पार्टीले नयाँ उचाइमा पुग्न जरुरी रहेको बताउनुभएको छ । महासचिव पोख्रेलले नेकपा (एमाले) मकवानपुरको दशौँ जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै नेपाली जनताको चाहनाअनुरुप सार्वभौम संसद्ले अहिले नयाँ संविधान घोषणा गर्दा दुवै छिमेकीलाई चित्त दुख्न […]
रमेश लम्साल / काठमाडौँ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सौर्य ऊर्जालाई अगाडि बढाउने योजना अगाडि सारेकामा सौर्य ऊर्जाको क्षेत्रमा काम गर्नेहरुले खुसी व्यक्त गरेका छन् । योजना मात्रै बनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गरेर अगाडि जानुपर्ने र एउटै टेबलबाट सबै निर्णय हुने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । सहरमा सौर्य ऊर्जालाई […]
-योगीशकृष्ण : बल्ल बल्ल उल्लू तयार भयो। मैले उसलाई भनेको थिएँ“कुनै दिन मेरो जोर चल्ने भयो भने तिम्रो मूर्ति प्रत्येक शैक्षिक संस्थानमा राख्न लगाउने छु । विद्यार्थीहरु तिम्रो मूर्ति अघिल्तिर उभिएर भन्ने छन् –हे उल्लू , कृपया मलाई जाँचमा पास गराइदेऊ । एक किलो लड्डू चढाउँला ।”आफ्नो मूर्ति क्याम्पस , स्कूलको हाताभित्र ठाडिएको कल्पना गरेर उल्लुले […]
-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार […]