पोखरा, १६ फागुन । नेपाली लोक संस्कृतिको अनुसन्धानका क्षेत्रमा क्रियाशील अमेरिकी नागरिक आना स्टरले नेपाल लोक संस्कृतिका क्षेत्रमा धनी रहेको बताउनुभएको छ । स्वतन्त्र पत्रकार सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको “लोकसंस्कृति सम्वद्र्धन तथा संरक्षण” विषयक अन्तक्र्रिया एवम् पत्रकार भेटघाट कार्यक्रममा उहाँले विविधतालेयुक्त नेपालमा धेरै महत्वपूर्ण संस्कृति रहेको बताउनुभयो । नेपाली लोक संस्कृतिको अनुसन्धानका […]
इटहरी, १४ फागुन । एनेकपा माओवादीका नेता तथा पार्टीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उद्देश्य प्राप्तिका दृष्टिले सफल भएको बताउनुभएको छ । प्रवक्ता शर्माले आज इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको भ्रमणले दुई मुलुकबीच देखिएको असमझदारी चिर्न सफल भएको बताउनुभयो । भारतसँगै कूटनीतिक र प्रशासनिक तहमा मात्र […]
अधिवक्ता बालाराम भटट्राई । नेपाली समाजभित्र परम्परादेखि कायम रहेको अन्तर्विरोध समाधानका लागि समाजमा संगठित रुपमा प्रयास भएसंगै विभिन्न सामाजिक सवालहरु उठ्न थाले । समाजमा उठेका सवालहरु सम्बोधनका लागि सामाजिक आन्दोलनहरु प्रारम्भ भए । परिणाम स्वरुप राज्यका तर्फबाट सम्बोधन गर्ने कार्य समेत भयो । नेपालमा भएको राजनैतिक तथा कानुनी परिवर्तनले समेत सामाजिक आन्दोलन सञ्चालन गर्न र राज्यलाई दवाब […]
काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले दशवर्षीय कार्ययोजना अगाडि सारेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा ऊर्जामन्त्री रायमाझीले एसियामा नै पहिलो पटक नेपालमा जलविद्युत् आयोजना सुरु भए पनि १०५ वर्षसम्म उस्तै अवस्था रहेको भन्दै उहाँले एकाध वर्षभित्रैमा उल्लेख्य प्रगति हुने जिकिर गर्नुभयो […]
वास्तवमा तपाईको परिचय के हो ? एउटा साहित्यकार, एउटा चिकित्सक वा एउटा परोपकारी व्यक्ति ? स्वास्थ्य सेवा, साहित्य र समाजसेवा मेरो जीवनका तीन स्तम्भ हुन् ! विगतमा यी ३ स्तम्भलाई एकसाथ महत्त्व दिएको थिएँ ! वैसाख १२ को विनाशकारी भूकम्पपश्चात् समाजसेवा पहिलो प्राथमिकतामा परेको छ भने अन्य कुरा यो वर्ष स्थगित छन् ! सामान्य परिवारमा […]
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट हालै जारी भएको नेपालको संविधान मुलुकको राजनीतिक र संवैधानिक इतिहासमा अद्भूत सुरुवात भएको बताउनुभएको छ । एसियाली राजनीतिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रजातान्त्रिक सङ्क्रमण’ विषयक विशेष कार्यशालामा उहाँले नेपालको संविधान पूर्ण समावेशी भएको र यसमा महत्वपूर्ण मौलिक हकहरुको […]
पथरी (मोरङ), माघ । कृषकका लागि निवृत्तीभरण(पेन्सन) को व्यवस्था गर्न लागिएको कृषि विकास मन्त्री हरिबोल गजुरेलले बताउनुभएको छ । विराटनगरमा सुरु भएको नवाँै राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७२ को आज उद्घाटन गर्दै मन्त्री गजुरेलले कृषिको विकासका लागि मन्त्रलायले किसानको वर्गीकरण गरेर पेन्सनको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले किसान व्यवसाय नै छाडेर विदेश पलायन […]
पोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताउनुभएको छ । रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा सङ्कटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीव्र गतिमा […]
इलाम, १९ माघ । उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा आज बिहान यहाँ रासससँग कुराकानी गर्दै उहाँले अर्काे मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो । “वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि […]
चौतारा, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण तथा तालिमको आज सिन्धुपाल्चोकको खाडीचौरमा उद्घाटन गर्दै […]