समाचार

माओवादीको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने; आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस २८ गते। नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो। सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय सभा […]


राष्ट्रपतिद्वारा समसामयिक विषयमा शीर्ष नेतृत्वको ध्यानाकर्षण

काठमाडौं, पुस २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका […]


लगानी सम्मेलनमा सम्झौताको तयारी

मीनराज भण्डारी / काठमाडौँ, पुस २७ गते । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै अद्यावधिक गरिएको डिपिआर बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको जनाएको छ । मुक्तिनाथ दर्शन […]


भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

काठमाडौं, पुस २६ गते । सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने तयारी गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा भिजिट भिषालाई सहज र व्यवस्थित बनाउनेबारे छलफल भएको हो । बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष […]


पारित गर्न ‘र’ मा अड्कियो संवैधानिक परिषद् सम्बन्धी विधेयक

काठमाडौं, पुस २६ गते । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पाँचौँ बैठकबाट पनि पारित हुन सकेन । अघिल्लो बैठकले विवादित विषयमा अनौपचारिक छलफल गरी सहमति निकाल्न विभिन्न दलका ५ सांसदहरुलाई जिम्मा दिएपनि सहमति ननिस्केपछि विधेयक अघि बढ्न नसकेको हो । बिहीबार बसेको बैठकमा प्रमुख […]


क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय; लामिछाने न्यायका लागि उच्च अदालत जाने

काठमाडौँ, पुस २५ गते । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिनुभयो । यता काठमाडौँ […]


टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, पुस २५ गते । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा […]


म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती

म्याग्दी / पुस २४ गते । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताउनुभयो । “अहिले आलु गोडमेल गरिरहेका छौँ, […]


रामबहादुर बम्जन पक्राउ

काठमाडौं, पुस २४ गते । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट […]


लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत; लगानी सम्मेलनपूर्व २८ वटा ऐनमा सुधार गर्नुपर्ने निजी क्षेत्रको सुझाव

काठमाडौँ, पु्स २३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनुभएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनुभएको हो । जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उहाँकाे भनाइ छ । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter