समाचार

एक हजार ४७४ जना सङ्क्रमित थपिए, चौबीस घण्टामा २९ जनाको मृत्यु

काठमाडौं, मङ्सिर १५ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल […]


कोरिया लाहुरेको बाख्रापालन, सात जनालाई गाउँमै रोजगारी

नवीन शिशिर विक / बागलुङ, मंसिर १५ गते । कोरियन लाहुरेलाई समाजले हेर्दे दृष्टिः सुविधा सम्पन्न सहर बजारमा घरघडेरी, बैंक व्यालेन्स, विलासी जीवनशैली । अधिकांशको सवालमा यी र यस्ता आकलन मिल्ने हुन्छ । यस्तै भीडमा बागलुङ गलकोट नगरपालिका–१ दुदिलाभाटीका एक युवाले आफ्नो लाहुरे परिचयलाई बद्ल्ने अभ्यासमा लाग्नुभएको छ । पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर […]


कोरोना अनुभव: यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

विष्णु नेपाल / काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो […]


सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने; पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

रत्नननगर, मङ्सिर १४ गते । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने […]


एकहजार २५५ सङ्क्रमित थपिए, कुल दुईलाख ३१ हजार ९७८ पुग्याे

काठमाडौं, मङ्सिर १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार २५५ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । नेपालमा […]


स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडौँ, मङ्सिर १३ गते। सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा […]


एक हजार ३८० थपिए, सक्रिय सङ्क्रमित १८ हजार ८३

काठमाडौं, मङ्सिर १३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ३८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब नौ हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको […]


गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौँ, मङ्सिर १२ गते । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो । […]


निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै

काठमाडौँ, मङ्सिर १२ गते। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले यस्तो […]


एक हजार ७०३ थपिए, सक्रिय सङ्क्रमित १७ हजार २३७

काठमाडौं, मङ्सिर १२ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter