समाचार

विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण

कर्णाली, मङ्सिर २० गते। सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताउनुभयो । यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन […]


सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौँ, मङ्सिर १९ गते । सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ । […]


‘छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक’: मन्त्री ज्ञवाली

काठमाडौँ, मङ्सिर १९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिनुभयो । भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर […]


एक हजार २७२ थपिए, सक्रिय सङ्क्रमित १५ हजार ४४७

काठमाडौं, मङ्सिर १९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार २७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजार ३१ जनाको परीक्षण गरिएकोमा एक हजार २७२ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख […]


एक हजार ३४३ सङ्क्रमित थपिए, दुई हजार १११ सङ्क्रमित निको भए

काठमाडौं, मङ्सिर १८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । नेपालमा […]


‘ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान् योजना’

वाग्मती, मङ्सिर १८ गते। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताउनुभएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा पौडेलले सरकारको यो अभियान सही कार्यान्वयन हुन सके देशको रोजगार र उत्पादनको क्षेत्रमा ठूलो प्रभाव पर्ने उल्लेख गर्नुभयो […]


विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी काम अघि बढाइनेः मन्त्री भट्टराई

काठमाडौँ, मङ्सिर १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपतिक्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ । पशुपतिक्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाह गृह हस्तान्तरणका अवसरमा उहाँले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिनुभयो […]


एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

काठमाडौं, मङ्सिर १७ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १७ लाख ५४ […]


धरहरा निर्माणले गति लिँदै, १९ तला ढलान सकियो

मुकुन्द गैरे / काठमाडौं, मंसिर १६ गते । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाकाे धरहरामध्ये २० तलाकाे ढलान हुन लागेको निर्माण कम्पनीले गोरखापत्र अनलाइनलाई जानकारी दिएको छ । रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो […]


एक हजार ३०४ जना सङ्क्रमित थपिए, संक्रमणमुक्त हुने दर ९२.७८ प्रतिशत

काठमाडौं, मङ्सिर १६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३०४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter