समाचार

उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

उपेश महर्जन / काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार […]


जनताको सीप नै आर्थिक समृद्धिको आधारः मन्त्री अर्याल

काठमाडौं, असार २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताउनुभएको छ । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार समापन शुभकामना दिनुहुँदै मन्त्री अर्यालले भिडियो संवाद मार्फत् सो कुरा बताउनु भएको हो । सो अवसरमा मन्त्री अर्यालले ’समृद्ध नेपाल र सुखी नेपाली’को […]


पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं, असार २५ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ […]


एक हप्तासम्म मनसुन सक्रिय हुने, बाढी र पहिराे जान सक्ने

केशवराज पौडेल / काठमाडौँ, असार २५ गते । भोलि असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझैँ धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भन्नुभयो । पचास मिलिलिटरसम्म भएको […]


१० हजार घरपरिवारमा नमुना जनगणना

शान्ति लामा / काठमाडौँ, असार २४ गते । केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना कहर र बन्दाबन्दीबीच तीन महिना ढिलो गरी […]


आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

नारायण ढुङ्गाना / काठमाडौँ, असार २४ गते । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान […]


उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८

काठमाडौँ, असार २३ गते । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज देशभर छहजार १३३ जनाको पीसीआर परीक्षण गरिएकोमा सङ्क्रमित सङ्ख्या २०४ आएको हो । योसँगै जम्मा […]


बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई पक्राउ गर्न सक्ने

काठमाडौँ, असार २२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको […]


कृषि ऋणमा दुई प्रतिशत ब्याज छुट !

भरतपुर, असार २२ गते । भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो । महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम […]


बन्दाबन्दीबीच नमूना जनगणना सकियो, खासै अवरोध भएन

शान्ति लामा / काठमाडौँ, असार २१ गते । आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि गरिएको नमूना (पाइलट) जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना कहर र लकडाउनबीच तीन महिना ढिलो गरी […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter