समाचार

थप ९० काेराेना सङ्क्रमितसँगै कुल सङ्क्रमित सङ्ख्या ७७२ पुग्यो

काठमाडौँ, जेठ १३ गते । पछिल्लो परीक्षणमा थप ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कुल सङ्क्रमित सङ्ख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको […]


एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

काठमाडौँ, जेठ १३ गते । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो […]


नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस […]


बन्दाबन्दीमा पनि राेकिएन निर्माणाधीन विमानस्थलहरूकाे काम

सिवी अधिकारी / काठमाडौँ, जेठ ११ जेठ । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदन अनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन […]


उच्च तहका केही माथि अनुसन्धान जारी – सेना

काठमाडौँ, जेठ १० गते । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो । सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा […]


नौ जना नयाँ काेराेना सङ्क्रमित थपिए, कुल ५१६

काठमाडौँ, जेठ ९ गते । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर, सप्तरीमा एक एक जना तथा बारामा छ जना नयाँ सङ्क्रमित थपिएका हुन । बाराको सिमरौनगढ नगरपालिकाको छजनामा सङ्क्रमणको पुष्टि भएको छ । […]


आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, जेठ ९ गते । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने […]


बन्दाबन्दीमा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ जारी

सञ्चिता घिमिरे / काठमाडौँ, जेठ ८ गते । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट […]


नेपालमा कोरोनाबाट संक्रमित संख्या ४५३; ४९ जना निको भए

काठमाडौँ, जेठ ८ गते । नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो । उनका […]


अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter