समाचार

अपाङ्गता भएकालाई अवसरको खाँचो

मीना कंडेल / कावासोती, मङसिर १७ गते । साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि अवसर नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा नवलपुरमा भएको अभिमुखीकरण कार्यक्रममा तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका […]


एक वर्षभित्र स्थायी आवास निर्माण गर्छौँ : सञ्चारमन्त्री शर्मा

प्रतीक इच्छुक शर्मा / सल्यान, मङ्सिर १६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ। सल्यान दार्मा गाउँपालिका ५ स्थित ढकाडामकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास तथा शौचालय निर्माणका स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘भूकम्प प्रभावित बस्तीमा समय […]


बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित

सिराज खान / नेपालगन्ज, मङ्सिर १६ गते। गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्। यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन्। डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक […]


सुन्तला प्रवर्द्धनका लागि डोको उपहार

राधाकृष्ण डुम्रे / वालिङ, मङ्सिर १५ गते। स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्। जिल्लाको चापाकोट नगरपालिकाबाहेक सबै पालिकामा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। पछिल्लो समय स्याङ्जाको पुतलीबजार नगरपालिकाले सुन्तलाको […]


अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

काठमाडौँ, मङ्सिर १५ गते । मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सबै निकायबिच समन्वय र सहकार्यको आवश्यकता […]


सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना

काठमाडौँ, १४ मङ्सिर । सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी मन्त्रालयले विकास समिति स्थापना गर्ने निर्णय गरेको हो […]


जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास विश्वलाई जानकारी गराइने

युएई, मङ्सिर १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरूले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिनुभयो […]


किसानलाई सुन्तलाबारे सचेतना कार्यक्रम हुने

बिन्दु थापा / पाल्पा । पश्चिम पाल्पामा पहिलो पटक गरिने सुन्तला महोत्सवमा सुन्तला किसानका लागि सचेतना कार्यक्रम गरिने भएको छ । पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरी सुन्तला महोत्सवको बारेमा प्रष्ट पार्दै रिब्दिकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले सो कुरा बताउनुभएको हो । किसानका लागि सचेतना दिने विभिन्न प्रविधिको बारेमा जानकारी गराउने र किसानलाई हौसला दिन महोत्सवको […]


एक वर्षमा तीन लाखभन्दा बढी मधुमेहका बिरामी थपिए !

सिर्जना खत्री / काठमाडौं। पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले देशभर तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक […]


एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा

धनगढी / मङ्सिर १२ गते । सुदूरपश्चिमको बैतडी झुलाघाटबाट मङ्सिर १४ गते सुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोही कार्यक्रमका लागि एमाले अध्यक्ष केपी […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter