समाचार

निःस्वार्थ भावनाले काम गर्न टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ २१ गते । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिनुभएको छ । टेलिकमद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिनुभएको हो । सरकारका […]


सवारीसाधनमा नेपालीमा विद्युतीय (इम्बोस्ड) नं. प्लेट राख्न माग

काठमाडौँ, भदौ २१ गते । यातायात व्यवस्था विभागले भदौ ९ गतेदेखि वाग्मती अञ्चलमा शुरु गरेको सवारीसाधनमा विद्युतीय (इम्बोस्ड) नम्बरप्लेट नेपाली भाषामा राखिनुपर्ने सांसदहरुको माग छ । व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा सांसदहरुले यस्तो माग गर्नुभएको हो । सबै जनताले नेपाली भाषासमेत नबुझ्ने अवस्थामा अङ्ग्रेजी भाषामा सवारीसाधनको नं प्लेट राखेर दुर्घटना गराएर भाग्ने सवारीसाधनको नम्बर पीडितले […]


तामझामका साथ मनोयन दर्ता

सप्तरी, भदौ २१ गते। सप्तरी जिल्लामा स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता आज बिहान १० बजेबाट शुरु भएको छ । प्रदेश नं २ मा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राप्रापा लगायतका विभिन्न […]


पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

काठमाडौँ, भदौ २० गते । विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेशी जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले’ काँग्रेसले धेरै तहमा निर्वाचन जित्ने बताउनुभयो । […]


भाडा नबढे अग्रिम टिकट बुकिङ नगरिने धम्की

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ २० गते । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन् । सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । […]


नारायणगढ मुग्लिन सडकखण्डमा मुआब्जा वितरण

चितवन, भदौ २० गते । नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, […]


करोडौँ मूल्यको शिलाजित अलपत्र

म्याग्दी, भदौ १९ गते । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, […]


ह्यात्रुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै

तेह्रथुम, भदौ १९ गते । । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न […]


लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन : नेता रावल; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन

काठमाडौँ, भदौ १९ गते । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो । उहाँले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा÷बढुवा गरेकामा […]


बाढीपछि हराएको बाह्रसिंगे भेटियो

रत्ननगर (चितवन), भदौ १८ गते । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर(इन्क्लोजर)को […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter