एक्सक्लुसिभ समाचार

काठमाडाैं जाेडने तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

मकवानपुर, पुस २८ गते । बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उहाँले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको […]


युरोपेली बजार पुग्यो कर्णालीको अदुवा

शुरबहाुदर सिंह / कर्णाली, पुस २७ गते । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् । यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ […]


पृथ्वीनारायण गर्व गर्न लायक अभिभावकः पर्यटनमन्त्री ढकाल

काठमाडौँ, पुस २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभएको छ । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले […]


कलंकी–कोटेश्वर सडक खण्डमा आफैँ सडक बत्ती राख्दै ट्राफिक प्रहरी

केशवराज पौडेल / काठमाडौं,पुस २५ गते । कलंकी– कोटेश्वर सडक खण्डमा दुर्घटनाको मात्रा बढेसँगै ट्राफिक प्रहरी आफैं सडक बत्ती राख्न थालेको छ । तीव्र गति र अँध्यारो सडककै कारण दुर्घटना बढेको निस्कर्ष निकालेर ट्राफिक प्रहरी महाशाखाले सो सडकखण्डमा सडक बत्ती राख्न थालेको हो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले कलंकी– कोटेश्वर सडक खण्डमा […]


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

पोखरा, पुस २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माणकार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न […]


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश; थप ९७९ किमी सडक कालोपत्रे, ७५७ किमी खण्डास्मित, २१८ पुल बने

काठमाडौँ, पुस २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन बुझाउनुभएको हो । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति […]


कोरोनाले जुराएको अवसर : विदेशबाट फर्केर सामूहिक तरकारी खेती

तम्घास, पुस २२ गते । विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय […]


गाउँको विकास, गाउँमै रोजगार

नवीन शिशिर विक / बागलुङ, पुस २१ गते । भारतमा बन्दाबन्दीको कारण रोजगार गुमाएपछि घर फर्कनुभएका धनबहादुर केसी हिजो आज गाउँमा सञ्चालित विकासे आयोजनामा जोडिनुभएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका केसी वडा कार्यालयले सञ्चालन गरेको पदमार्ग निर्माणमा मजदुरी गर्न थाल्नुभएको हो । बन्दाबन्दीकै क्रममा जन्मघर फर्कनुभएका केसीले विदेशी भूमिमा रोजगार गुमाए पनि स्वदेशमा आंसिक रोजगार […]


मेलम्चीको पानी व्यवस्थित वितरण याेजना तयार

काठमाडौँ, पुस २० गते । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ । यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि […]


नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

पूर्णप्रसाद मिश्र / काभ्रेपलाञ्चोक, पुस १९ गते । वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गतवर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter