एक्सक्लुसिभ समाचार

चैत २५ गतेदेखि चिनियाँ खोप लगाइने

काठमाडौँ, चैत २२ गते । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ यही चैत २५ गते लगाउने तयारी सरकारले गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चीनबाट ल्याइएको खोप लगाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘चीनबाट ल्याइएको खोप चैत २५ गतेपछि लगाउने विषयमा मन्त्रालयमा छलफल भएको छ’, […]


प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य […]


राष्ट्रपति भण्डारीबाट मेलम्चीको पानी वितरण शुभारम्भ; तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री

सपना थामी / काठमाडाैं, चैत २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट चैत १५ गते उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीद्वारा तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएकाे हो । अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । […]


बीस आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति; एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

सिबी अधिकारी / काठमाडौँ, चैत १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही […]


थ्री नेशन्स कप जित्ने खेलाडी एन्फाबाट पुरस्कृत हुने

काठमाडौं, चैत १७ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण […]


नेपाल थ्री नेशन्स कपको च्याम्पियन

इश्वरचन्द्र झा / काठमाडौं, चैत्त १६ गते । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो […]


कृषि स्नातकदेखि विद्यावारिधिको अनुसन्धानस्थल बनेको स्टेवरी खेती

शान्ता अधिकारी / चितवन, चैत १५ गते । भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकैको एउटा कृषि फार्म । कालो प्लाष्टिकको छापो (मल्चिङ) माथि राताम्मे स्टेवरी । कृषि स्नातकदेखि कृषि विषयमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ताहरुको अध्ययन र अनुसन्धानस्थल र सर्वसाधारणको लागि नयाँ र आकर्षणको केन्द्र । भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकै सशान्त देवकोटा नेतृत्वको आठ जनाको समूहले शुरु […]


कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि; मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

काठमाडौँ, चैत १४ गते । दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ। मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उहाँको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए। अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको […]


बहराइनका राजकुमारलाई सगरमाथा आरोहण अनुमति

सिबी अधिकारी / काठमाडौं, चैत १३ गते ।वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज यहाँ […]


चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

चितवन / चैत १२ गते । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका लामालाई उहाँकी छोरी उषा तामाङले कलेजो दान गर्नुभएको थियो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter