
काठमाडौं, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साललाई खेर जान नदिइएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । अव आगामी दिनमा थप योजनाबद्ध ढङ्गले सरकारले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कोभिड […]

काठमाडौँ, चैत्र ३१ गते । बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढेको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ […]

मुकुन्द गैरे / काठमाडौं, चैत्र ३० गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ […]

छेटु शेर्पा / काठमाडौं, चैत २९ गते । सरकारले नेपाली ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिने गरी मापदण्ड बनाउने काम शुरु गरेको छ । ३५ दिन तालिम लिएर गाइड बनेकाहरुलाई ‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एशोसिएशन’ (यूआईएमएलए)को पाठ्क्रमबाट थप ६ महिना तालिम लिएपश्चात विश्वभर मान्यता दिने गरी प्रमाणपत्र दिइने भएको हो । संस्कृति, पर्यटन तथानागरिक उडड्यन […]

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, चैत २८ गते । विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । झण्डैै पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा संख्या गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ बढेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५ संख्या रहेको थियो । शनिवार चितवनमा सार्वजनिक […]

कैलाश लामा / चरिकोट, चैत २७ गते । लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरापालन सुरु गरिएको छ । गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख […]

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व […]

गलेश्वर, चैत २५ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुःखेसो छैन । सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै […]

राजन रावत / हुम्ला, चैत २४ गते । हुम्लामा एउटा फलफूल नर्सरीको फर्मले पचासी हजार फलफूलका बिरुवा उत्पादन गरेको छ । यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकोमा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पालन सुरु गर्नुभएको हो । गतवर्ष स्थापना गरेको फलफुल नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन भएको […]

सिराज खान / नेपालगञ्ज, चैत २३ गते । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले मौरीपालन गरेर वार्षिक साढे चार लाख रुपियाँ मुनाफा हासिल गरिरहनुभएको छ । एक दशक अघि चितवनमा आफन्तको घरमा जाँदा मौरीपालन गरेको देखेर बाँकेमा आई मौरीपालन शुरु गर्नुभएका थापाले घरमै बसेर बार्षिक ६ लाख रुपियाँको मह बिक्री गरी साढे चार लाख […]