एक्सक्लुसिभ समाचार

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौँ, मड्सिर २५ गते । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका […]


बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

पर्वत, मङ्सिर २४ गते। पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका […]


सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

शविता शर्मा / काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो । सो अवसरमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाउनु भएको थियो ।नेपालले आफ्नै साधन, […]


सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बन्यो दरबार हाइस्कुल

शर्मिला पाठक / काठमाडौँ, मङ्सिर २२ गते । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र […]


अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

म्याग्दी, मङ्सिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका […]


‘लामो बाटोभन्दा बाख्रो पाठो ठीक’- कृषक आले

अमरराज नहर्की / तनहुँ, मङ्सिर २० गते । धन कमाउने सम्बन्धमा नेपालीमा एउटा उखान छ– ‘कि लामो बाटो कि त बाख्रोपाठो’ । भिमाद नगरपालिका–९ पार्थदीका युवक शिवकुमार आलेले भने लामो बाटो रोज्नुभएन बाख्रा पालनमा लाग्नुभयो । लामोबाटोमा लाग्ने उहाँका साथीहरुले बाख्रापालनबाट मनग्गे कमाएको देखेर दङ्ग परिरहेका छन् । बाख्रापालनबाट कृषक आले लखपती मात्रै बन्नु भएको […]


विकासनिर्माणमा बाधा पुु-याउनेबाट सतर्क रहनुुपर्छः प्रधानमन्त्री

काठमाडौँ, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज आयोजित रक्षा मन्त्रालयको चालुु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या […]


निर्विकल्प निजगढ विमानस्थल, कस्ता छन् अन्तर्राष्ट्रिय अभ्यास ?

सिवी अधिकारी / काठमाडौँ, मङ्सिर १८ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुनसकेन । झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो । मुलुकको गौरव र समृद्धिसँग जोडिएको निजगढ विमानस्थल निर्माणले गति लिने सङ्केतसँगै अवरोधका आवाज भने […]


सिर्जनात्मक कामलाई ५० लाखसम्म कर्जा दिने कार्यविधि स्वीकृत

काठमाडौँ, मङ्सिर १७ गते। के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपार्इंका लागि कुनै समस्या नहुने भएको छ । सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने […]


कोरोनाकाे सकारात्मक प्रभाव,मास्कमा आत्मनिर्भर,आयात रोकिएन

केशवराज पौडेल / काठमाडौं, मंसिर १६ गते । मास्क उत्पादनमा नेपाल आत्मनिर्भर भएको मास्क उद्योगीहरुले बताउनुभएको छ । लकडाउनपछि नेपालमा समेत मास्ककाे चरम अभाव देखिएकोमा सात महिनाकै समयमा नेपाली व्यापारीहरुको लगनशीलताकै कारण नेपाल मास्कमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको हो । सामान्य प्रयोगदेखि मेडिकल प्रयोगमा आवश्यक पर्ने मास्कमा नेपाल आत्मनिर्भरता उन्मुख बनेको प्रस्तावित नेपाल माक्स उत्पादक संघका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter