एक्सक्लुसिभ समाचार

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

कास्की, कात्तिक ५ गते । पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो । दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि […]


प्रमले गर्नुभयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) […]


राजनीति र कृषि उद्यमबाट उदाहरण बन्दै बुढाथोकी

मनोज भट्टराई / ओखलढुगा, कात्तिक ३ गते । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी कृषि पेशामा लागेर उदाहरणीय बन्नुभएको छ । उहाँ जिल्लामा रहेका ७५ जना मध्य कृषि व्यवसायि बनेर उदाहरणिय जनप्रतिनिधि बन्नु भएको छ । राजनितिमा चासो राख्ने भए कै कारण सानै उमेरमा पार्टीले जिम्वेवारी दिएका कारण उहाँ राजनितीमा […]


प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

हेटौँडा, कात्तिक २ गते । बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण […]


आकाशे पानीबाट तरकारी खेती ! ३० लाखभन्दा बढी आम्दानी

शिवकुमार काशी / हेटौँडा, कात्तिक १ गते । इच्छा शक्ति भयो भने स्वदेशमै पनि आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीका किसानहरुले प्रस्तुत गरेका छन् । सिंचाइ सुविधबाट बञ्चित डाँडापाखमा रहेको पाखो बारीमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गरी एक सिजनमा ३० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका हुन् । आकाशे […]


सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

काठमाडौँ, असोज ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र९ट्रमा सेन्टर० स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । विश्व ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको […]


बोनिता शर्मा विश्वका शक्तिशाली सय महिला भित्र पर्न सफल

काठमाडौं, असोज २९ गते । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को विश्वका शक्तिशाली सय महिलाको सूचीमा पर्नुभएको छ । ब्रिटिश ब्रोडकास्टिङ कोरपोरेशन(बीबीसी)ले सार्वजनिक गरेको विश्वका सयजना प्रेरणादायी र प्रभावकारी महिलाको सुचीमा नेपालकी बोनिता शर्मा पर्नुभएको हो । अभियन्ता शर्मालाई बीसीसीले ज्ञानको सूचीमा राखेको छ । बीबीसीले सय महिलालाई छ श्रेणीमा विभाजन गरेर सूचीकृत […]


एनआरएन नवौँ अन्तर्राष्ट्रिय महाअधिवेशन: समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ, असोज २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै […]


निर्माण थालेकाे १२ वर्षपछि कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु

हेटौँडा, असोज २७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले आज जनाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा रु चार अर्ब ६३ करोडको अनुदानमा करीब […]


चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं, असोज २६ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी आज मध्यान्न स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो । । विदाइका लागि सडकमा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter